लुम्बिनी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात पूर्वाधार निर्देशनालय

सडक पूर्वाधार विकास कार्यालय

रुकुम (पूर्व)


परिचय

प्रदेश सरकार, लुम्बिनी प्रदेशको मिति २०७६/०६/२४ को निर्णयानुसार मिति २०७६/०९/२४ गते रुकुम (पूर्व) जिल्लामा "सडक पूर्वाधार विकास कार्यालय" स्थापना भएको हो । जिल्लाभित्रका सडकहरू बनाउने, स्तरोन्नति गर्ने र मर्मतसम्भार गरी बाह्रै महिना यातायात सुचारु गर्नु यस कार्यालयको मुख्य दायित्व हो । सडकका अलावा सडक पुल र झोलुंगे पुलको समेत निर्माण गर्ने र मर्मत सम्भार गर्ने जिम्मेवारी यस कार्यालयको रहेको छ । यस कार्यालयले स्वीकृत वार्षिक कार्यक्रमअनुसार विभिन्न सडक र पुलको प्रतिस्पर्धात्मक खुला बोलपत्र आह्वान गरी सडक र पुल निर्माण कार्य अगाडि बढाएको छ । लागतप्रभावी योजना र गुणस्तरीय काममा यस कार्यालयको मुख्य ध्यान रही आएको छ ।

उदेश्य

यस मन्त्रालय अन्तर्गत प्रादेशिक सडक तथा यातायात व्यवस्था, ग्रामिण सडक तथा पुल, आवास भवन तथा शहरी विकास, सिंचाइ तथा उर्जा, खानेपानी तथा सरसफाइ र प्रशासन तथा अनुगमन गरी ६ वटा महाशाखा रहेका छन् । आ.ब. २०७५/७६ देखी १ वटा निर्देशनालय र ४० वटा कार्यालयहरु स्थापना गरी १२ वटै जिल्लामा मन्त्रालयले सेवा प्रदान गर्दै आएको छ ।

केन्द्रको जिम्मेवारी

प्रदेशको समग्र आर्थिक विकास र जीवनस्तर उकास्न प्रादेशिक सडक, आवास, भवन तथा शहरी विकास, जलश्रोत तथा सिंचाइ एवम् खानेपानी तथा सरसफाइको पूर्वाधार निर्माण कार्य तथा आधारभूत सेवा सुधार र यातायात व्यवस्थाको लागि यस प्रदेशमा मिति २०७४/१०/१९ मा भौतिक पूर्वाधार विकास मन्त्रालयको स्थापना भएको हो ।

© 2020 Copyright : सडक पूर्वाधार विकास कार्यालय, रुकुम (पूर्व)
Last Updated: 2077/06/24
Developed By: Ninja Infosys Pvt. Ltd.